काठमाडौं । आइतबार एकैदिन सुन चाँदीको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको छ। शुक्रबार भने यसै सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढी हो। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको भाउ प्रतिऔंस २ हजार ६ सय ९० अमेरिकी डलर पुगेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !