काठमाडौँ। मंगलबार नेप्से एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ६ .१६ विन्दुले बढेर २६४६.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२३ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य आठ उपसमूहका परिसूचक बढेका छन् भने चार उपसमूहका परिसूचक घटेका छन् । त्यस्तै लगानी समुहको परिसूचक आज स्थिर रहेको छ। मंगलबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २ . ६५ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक घट्ने उपसमूहमा बैंक उपसमूह रह्यो जसको परिसूचक ०.२७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ३० करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६० हजार ६५ पटकको कारोबारमा पाँच अर्ब ३८ करोड बराबरको किनबेच भएको छ । जसमा १२६ कम्पनीका शेयर बढेका छन् भने १०७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी दश कम्पनीका शेयर स्थिर रहेका छन् ।
मंगलबार सर्वाधिक बढ्नेमा न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर रह्यो जसको शेयर समान दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सिन्दु विकास बैंक रह्यो जसको १६ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिटिजन म्युचुवल फण्ड-२ रह्यो जसको सात लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !