काठमाडौँ। आज शुक्रबार माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।
उक्त शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !