काठमाडौ । समस्याग्रस्त घोषणा गरेर नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप फिर्ता आजबाट भइरहेको छ । बैंकका लागि राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले निक्षेप भुक्तानी शुरु गरेको हो। बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता दिएर रकम भुक्तानी हुने व्यवस्थापन समुहले जनाएको छ। अधिकतम २५ हजार रुपैयाँका दरले प्रतिशाखा ५० जनासम्मले भुत्तानी फिर्ता पाउने सूचनामा उल्लेख गरिएको छ ।
केही दिन अघि बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराबकर्जा ४१ प्रतिशतमथि पुगेको भन्दै राष्ट्र बैंकले कणाली डेभलपमेन्टलाई समस्याग्रस्त घोषणा गरेको थियो। बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेपको दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो। यथास्थितिमा बैंकलाई सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैकिङ प्राणलीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले समस्याग्रस्त घोषणा गरी बैंकलाई नियन्त्रणमा लिइएको राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !