काठमाडौ । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औ बार्षिकउत्सवमा नयाँ वायू सेवा कम्पनी थप्ने आशयको अभिव्यक्ति सरकारी पक्षले दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालमा एयरपोर्टहरु धेरै भएको र सो अनुसार वायूसेवा कम्पनी नभएको भन्दै नयाँ कम्पनी आउनुपर्ने आशयको अभिव्यक्ति दिए । उनले कैलालीको एयरपोर्टको उदाहरण दिदै एयरपोर्टहरु जति भएपनि चल्ने भएकाले सोही अनुसार प्लेनको संख्या पनि बढ्नु पर्ने बताए ।
मन्त्री पाण्डेले मात्र होइन क्यानका महानिर्देशक प्रदिप अधिकारीले अब विमानस्थल सँगै नयाँ वायुसेवा कम्पनी खुल्नुपर्ने उल्लेख गरे । उनले भने , ‘५/७ वर्ष भयो नेपालमा नयाँ जहाज थपिएको छैन् । यो क्षेत्रलाई बचाउँन धेरै मेहनत गर्नुपर्ने छ ।’
यता, वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले भने भएका वायु सेवा कम्पनीलाई जा भन्ने र नयाँलाई आइजो भन्नु कस्तो पारा हो भन्दै प्रश्न गरे । उनले भने, ‘५५ वटा एयरपोर्टमा २० वटा मुस्किलले चलेको छ । हरेक जिल्लाको समस्या सुनेर उडिदिनुपर्ने । एउटा मन्त्रालय मार्फत गर्नुपर्ने काम हरेक मन्त्रालय धाउँदै हिड्नु पर्ने । हामीलाई स्वस्थ प्लेटफर्म चाहिएको छ ।’
अहिले नेपालमा ५५ वटा विमानस्थल निर्माण भएपनि ३५ वटा मात्र सञ्चालनमा छन् । यस्तै प्राधिकरण टुक्राउँने विषयमा आफुहरुसँग कुनै छलफल नै नभएको गुनासो कार्कीले गरे । प्राधिकरणलाई नियामक निकाय र सेवा प्राधिकरण बनाउँने विषय मन्त्रिपरिषदले पारित गरिसकेको छ । तर ऐन भने बन्ने प्रक्रियामा रहेको छ । सरोकारवालालाई सम्बोधन गर्ने गरी र कर्मचारीको कुनै पनि सेवा सुविधा नघट्ने गरी एने बन्ने आस्वाशन मन्त्री पाण्डेले दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !