काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरण क्यान २७औँ वर्षमा प्रवेश गरेको छ । क्यानले आज सिनामंगलस्थित कार्यालयमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको छ । वायु सेवा कम्पनीहरुको नियामक निकाय क्यान वि सं २०५४ साल पुष १६ मा स्थापना भएको हो । क्यानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेर आफ्नो काम गर्दै आएको छ ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने भनेर लामो समयदेखि चर्चा चलेपनि हालसम्म क्यान टुक्रिन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार तत्कालिन हवाई विभाग खारेज भई नेपाल सरकारको पूर्ण स्वामित्व भएको एक स्वशासित संस्था हो।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको नियमन गर्छ । साथमा देशभरका विमानस्थल पनि सञ्चालन गर्छ र नियमन गर्छ । त्यसकारण नेपालको हवाई कानून सम्बन्धमा अन्तर्राष्ट्रिय नियमनकारी निकायले प्रश्न उठाइरहेका छन् ।
प्राधिकरणले अनुमति, लाइसेन्स वितरण, कानून पालना भए नभएको अनुगमनजस्ता नियमनको काम गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !