काठमाडौ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ वटा कमपनीको बोनस सेयरको मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, छिमेक लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको बोनस सेयरको मूल्य समायोजन भएको हो । यी कम्पनीहरुको आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन भएको हो ।
समायोजित मूल्य अनुसार महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन पछि ३७७.६७ रुपैयाँ भाउ भएको छ भने जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा १३७८.०७ रुपैयाँ कायम भएको छ । यता आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन ५ हजार ७१५.५४ रुपैयाँ कायम भएको छ ।
कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पछि उक्त बोनस सेयरको मूल्य ३२४.१७ रुपैयाँ कायम भएको छ । यस्तै छिमेक लघुवित्तको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएर ८६१.२० रुपैयाँ कायम गरिएको छ भने मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयरको भाउ ६३५.३९ रुपैयाँ कायम गरिएको छ । यता चिलिमे हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पश्चात भाउ ५१८.१८ रुपैयाँ कायम भएको छ । यहि मूल्यलाई आधार मानेर मंगलबार यिनीहरुको सेयर कारोबार हुनेछ । सोमबार भने सार्वजनिक विदा परेकाले सेयर कारोबार बन्द हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !