काठमाडौँ। साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक २१.१२ विन्दुले घटेर २६०९.५८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य तीन उपसमूहका परिसूचक बढेका छन् भने बाँकी दश उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.१२ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.४७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ३२ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६६ हजार सात सय ७६ पटकको कारोबारमा पाँच अर्ब ४७ करोड बराबरको किनबेच भएको छ । जसमा ६९ कम्पनीका शेयर बढेका छन् भने १७२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी दुई कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा महिला लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सपोर्ट लघुवित्त, नारायणी विकास बैंक, जानकी फाइनान्स, सिन्धु विकास बैंक रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा प्रभु बैंक रह्यो जसको २६ करोड दश लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि प्रभु बैंक नै रह्यो जसको दश लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !