काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विमान धावनमार्गबाट चिप्लिएर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको बीबीसीमा उल्लेख छ ।
विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !