काठमाडौ । नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रिय बैंकले एक सुचना जारी गर्दै नमस्ते रेमिट इन्टरनेशनल, मोर्डन रेमिट्यान्स प्रालि र भाटमटेनी मनि ट्रान्सफर खारेज भएको जनाएको छ ।
केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम ( १३ को उपविनियम (५) बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा उपरोक्त कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस विभागमा लिखित स्पमा जानकारी दिन नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको जनाएको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने केन्द्रिय बैंकले भनेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !