काठमाडौ । वैदेशिक रोजगार जाने नेपालीको स्वास्थ्य परीक्षणमा हुदै आएको सिण्डिकेट हटाउँन नेपाल मेडिकल व्यवसायी संघले माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले सिण्डिकेट हटाउँन माग गरेको हो ।
संघका महासचिव कृष्णप्रसाद बजगाईंले भने, तत्कालीन अवस्थामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउँदै अनैतिक साठगाँठमा नमूना कार्यक्रमको रूपमा ६ महिनाका लागि मात्र भनेर व्यापक असहमति राख्दाराख्दै लागु गरिएको सिण्डिकेट विरुद्धको महाअभियानमा हामी सबै एक ढिक्का भएर लागेका छौं। मलेसिया लगायत अन्य देशहरूमा लगाएको सिण्डिकेट अन्त्य नहुन्जेल लागि रहने प्रण गर्दछौं ।
हाल नेपाल सरकार मातहतमा दर्ता भई सञ्चालनमा रहेका २१२ वटा स्वास्थ्य संस्थाहरू रहेको र सबैलाई समान हक अधिकार, खुला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चित गर्नुपर्ने संघले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !