काठमाडौ । बैंकहरुमा पैसा फालाफाल भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार मात्र बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो । आज मंगलबार पुस ९ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १२ दिनका लागि ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति पुस २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !