काठमाडौं । शिवकुमार अग्रवालको अध्यक्षतामा नेपाल समुद्रपार निकासी पैठारी संघको गठन भएको छ । आइतबारसम्पन्न संघको ४४औं वार्षिक साधारण सभाबाट अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयनभएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएकाछन् ।सचिवहरुका प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितिय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराजमोर चुनिएका छन् ।आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, बसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमलसिद्धार्थ वैद, सुमितकुमार वंशल र संजय अग्रवाल सर्वसम्मतिबाट चुनिएका छन् ।
अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमाम मनोनीत गरेका छन् । संघको विधानमा कार्यसमितिमा २० जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र चारजना सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !