भक्तपुर । भक्तपुरमा बाबु छोरा मृत भेटिएको घटना संकास्पद भएको छ । मृतक जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण आचार्य कोठाभित्र मृत रहेको र बाहिरबाट ताला लगाएको अवस्थामा भेटिएका थिए । सँगै रहेका जेठा छोरा सम्पर्कबिहीन भएपछि घटना संकास्पद बनेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल निवासी जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय आचार्य र उनका २२ वर्षीय छोरा भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित भाडाको घरमा मृत अवस्थामा फेला परेका थिए । दुई छोरासँग बिदा मनाउन भक्तपुर आइपुगेका बुवा र कान्छा छोरा प्रवीण बाहिरबाट ताल्चा लगाएको अवस्थामा कोठाभित्र मृत भेटिएका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले घटनालाई शंकास्पद मानी अनुसन्धान भइरहेको बताए । घटनास्थल र शवको अवस्था हेर्दा हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !