काठमाडौं । हिमालयन बैंकले पुस २९ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ(थप सार्वजनिक निष्कासन) प्रिमियममा निष्कासन गर्ने प्रस्ताव हुनेछ । एफपीओ निष्कासनपछि जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, बैंकका सेयरधनीको यसपटक पनि हात खाली हुनेछ । बैंकले आर्थिक वर्ष २०७९–८० मा पनि लााभांश वितरण गरेको थिएन ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !