काठमाडौँ । चेलीबेटी बेचबिखन विरुद्ध सशक्त आवाज उठाउँदै आएकी अभियन्ता तथा शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ । दनुवार जोरपाटीस्थित बेसी गाउँको घरमा बिहान अबेरसम्म नउठेपछि उनका श्रीमानले अचेत अवस्थामा अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेका थिए ।
सुनिता फाउन्डेसनको संस्थापक समेत रहेकी सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पुनस्र्थापनाको लागि काम गरिरहेकी थिइन् ।उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता ९नेता०को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो । दनुवारको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !