काठमाडौ । आइतबार सेयर बजार १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा आइपुगेको छ । आज ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार घटेपनि चार ओटा कम्पनी भने मालामाल भएका छन् । सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर ३ हजार ६ सय ६० रुपैयाँ पुगेको छ । यस्तै बाराही हाइड्रोपावरको सेयर मूल्यपनि ७५.५० रुपैयाँले बढेर ८३०.५० रुपैयाँ पुगेको छ । यसको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।
न्यादी हाइड्रोपावरको सेयर मूल्य ३५.८० रुपैयाँले बढेर ३९३.८० रुपैयाँ पुगेको छ । यता सुपरमादी हाइड्रोपावरको सेयर मूल्य पनि ९५.६० रुपैयाँले बढेर १ हजार ५२.५० रुपैयाँ पुगेको छ । आज हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समुहमात्र बढोत्तरी भएको छ भने अरु सबै समुहमा गिरावट आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !