काठमाडौ । एनसेलले अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको छ। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले अब ब्यालेन्स नभएको बेलामा १ दिन समय सीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ग्राहकलाई दिनेछ । यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रूपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरूले १ दिन अर्थात २४ घन्टा समय सीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन्। कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो।
समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रूपैयाँ छ। ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले बताएको छ।यो १ दिने अनलिमिटेड डेटा सापटी लिन *९९८८८४# डायल गर्नुपर्छ। सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ।
कर सहितको सेवा शुल्क २ रूपैयाँ ४८ पैसा र १ दिने अनलिमिटेड डेटाको ५० रूपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२ रूपैयाँ ४८ पैसा काटिन्छ। सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्छन्। अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरू हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ। एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० रूपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जिबी डेटा सापटी, ३ दिन समय सीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !