काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आवको छ । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !