काठमाडौँ । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुतिरहेको फोटो यतिखेर सामाजिक सञ्जालमा भाईरल बनेको छ । उक्त फोटो बाहिरिएपछि मतमतान्तर शुरु भएको छ । एकथरीले उक्त फोटो जोडजाड गरेर बनाइएको हो र सरकारको विरोध गरेर रविमाथिको सान्त्वना बढाउन सञ्जालमा रास्वपाकै कार्यकर्ताले प्रचार गरेका हुन् भनेको छन् भने रास्वपाका कार्यकर्ता एवं समर्थकहरुले भने उक्त फोटो रवि लामिछानेकै भएको दावी गरेका छन् ।
भाईरल फोटोमा रवि लामिछाने भनिएका उक्त व्यक्ति सिरक ओढेर सुतिरहको देखिन्छ ।सँगै रहेको टेबलमा केही थान किताब छन् जुन उर्दु र अरेबिक भाषाका अक्षरमा लेखिएका छन् । सीसीटीभी बाट लिईएको भनिएको उक्त फोटो रास्वपा सभापति रवि लामिछानेको नभई कुनै मुश्लिम देशका नेताको भएको हुनसक्ने र सरकार विरुद्ध नकारात्मक हल्ला फैलाउन यसो गरिएको भन्दै सञ्जालमा मतमतान्तर भैरहेको छ ।
यसैबीच रास्वपाका नेता एवं रवि लामिछानेका सहयोगी नेता दीपक बोहोराले उक्त फोटो रवि लामिछानेकै रहेको भनी दावी गरेका छन् ।सुतिरहेका रवि लामिछानेको प्रहरीले के कारण फोटो लिएको हो यसमा आफूहरुलाई शंका लागेको प्रतिक्रिया दिएका छन् । फेसबुक लाईभ मार्फत आएर बोहोराले रवि लामिछाने हिरसतमा सुरक्षित नभएको तर्क राखेका छन् । यद्यपि कास्की प्रहरीले भने यसबारेमा बोलेको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !