काठमाडौँ। साताको तेस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ५.६० विन्दुले घटेर २६२८.२६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२१ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य तीन उपसमूहका परिसूचक बढेका छन् भने बाँकी दश उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.०७ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पार्यटन उपसमूह रह्यो जसको परिसूचक ०.४२ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ३४ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ४९ हजार चार सय २१ पटकको कारोबारमा चार अर्ब २७ करोड बराबरको किनबेच भएको छ । जसमा ८१ कम्पनीका शेयर बढेका छन् भने १४९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी १२ कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा कुथेलि बुखारी स्मल हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ९.९० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स रह्यो जसको १४ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि जानकी फाइनान्स नै रह्यो जसको चार लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !