काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टिमले १ करोड १० लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी दिएको छ ।
क्यानले विज्ञप्ती जारी गर्दै उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौंथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने बताएको छ ।एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरु हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !