काठमाडौ । सेयर बजारले अपेक्षित गति लिन नसक्दा लगानीकर्ताहरु निराश बनेका छन् । मंगलबार नेपाल स्टक एक्सचेन्जमा भएको सेयर कारोबारले नै लगानीकर्तामा उत्साह देखाएको छैन । आज सेयर बजारमा झिनो अंकको सुधार भएपनि कारोबार रकमले साथ दिएको छैन । यसदिन नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा अडिएको छ । यसदिन विकास बैंक समुह, लगानी समुह, जीवन बिमा समुह, उत्पादन तथा प्रशोधन समुह र म्युचुअल फण्ड समुहमा गिरावट आएको छ ।
अन्य समुह भने हरियाली देखिएको छ । यद्यपि बजारले सकारात्मक उर्जा भने दिन नसकेको लगानीकर्ताहरु बताउँछन् । आज ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सपोर्ट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्सको सेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा बढेको छ । मंगलबार सबैभन्दा बढी सेयर कारोबार जानकी फाइनान्सको भएको छ । केही दिन यता सरकार परिवर्तनको हल्लाले सेयर बजार विथोलिएको लगानीकर्ताहरु बताउँछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !