काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका सदस्यहरु भत्ता पाउने लोभले मात्र सहकारीको साधारण सभामा उपस्थित हुने गरेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले मंगलबार राजधानीमा आयोजना गरेको सहकारीको सवाल सम्वन्धि नीति सम्वाद कार्यक्रममा मन्त्री अधिकारीले सहकारीका सदस्यहरु सहकारीको बैठकमा जिम्मेवार पूर्ण ढंगले प्रस्तुत नहुँदा पनि सहकारीको आन्तरिक नियन्त्रण प्रणाली ध्वस्त भएको बताएका हुन् ।
उनले भने-‘कतिसम्म भने म अस्ति एउटा सहकारीको वार्षिक साधारण सभामा गएको थिएँ, सहकारीको जम्मा सदस्य संख्या ८ हजार छ भनियो, बिस्तारै कार्यक्रमको बीचतिर पुग्दा ३ चार सय भन्दा मान्छे थिएनन्, उपस्थिती जनाउँदै भत्ता लिँदै बाहिरिएको देखियो,भत्ता पाउने आशामा मात्र उपस्थित भएका रहेछन् ।’ ‘के पास हुन्छ के प्रस्ताव हुन्छ कुनै मतलव छैन अनी कसरी सहकारी व्यवस्थित हुन्छ ? मन्त्री अधिकारीले प्रश्न गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !