काठमाडौ । सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको छ । यद्यपि, भारी गिरावट आएको बजारमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य एकै दिन ३ सय रुपैयाँले बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ । समग्रमा आजको सेयर बजारमा ५ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । यता जोशी हाइड्रोपावरको सेयर मूल्य पनि सर्किट लेभलमा बढेको छ ।
आज सबै समूहका सूचकमा गिरावट आएको छ । यस दिन ३०४ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैकिङ प्रणालीमा अधिक तरलता छ । ब्याजदर सस्तो छ । तैपनि सेयर बजारले गति लिन सकिरहेको छैन । सेयर विश्लेषकहरु समग्र अर्थतन्त्र चलायमान हुँदा बजारले पनि गति लिने बताउँछन् । यद्यपि बजार घट्नुपर्ने ठुलो कारण भने छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !