काठमाडौ । बैंक अझै पनि आकर्षक रोजगारीको केन्द्र हो । आकर्षक तलब/भत्ता, सेवा/ सुविधाकै कारण यस क्षेत्रप्रति युवाहरुको आकर्षण देखिन्छ । चालु आर्थिक वर्षको चार महिनामै २२ अर्ब बढी नाफा कमाएका वाणिज्य बैंकहरुले १८ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् भने ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन् ।
बैंकहरुले आफ्नो सेवा प्रभावकारी बनाउन अर्बौ रकम कर्मचारीमा खर्च गर्ने गरेका छन् । साथै कर्मचारीलाई काममा उत्प्रेरित गर्न बैंकहरुले आकर्षक बोनस समेत दिने गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आथिक वर्ष (२०८१/०८२) चार महिनामा (कात्तिक मसान्तसम्म) कर्मचारी खर्च १८ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो उनीहरुले कर्मचारीको तलब भत्ता तथा तालिममा गरेको खर्च होे ।
कर्मचारीमा सबैभन्दा बढी खर्च गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाण्ज्यि बैंक रहेको छ । यसको कर्मचारी खर्च १ अर्ब ४४ करोड १९ लाख रुपैयाँ रहेको छ । यस्तै दोस्रो बढी कर्मचारीका लागि खर्च गर्नेमा नबिल बैंक रहेको छ । यसको कर्मचारी खर्च १ अर्ब ३५ करोड ५१ लख रुपैयाँ रहेको छ । तेस्रोमा कुमारीको १ अर्ब २८ करोड रुपैयाँ कर्मचारी खर्च भएको छ ।ग्लोबल आइएमइ बैंकले १ अर्ब २४ करोड १० लाख रुपैयाँ खर्च गर्दा प्रभु र नेपाल बैंकको कर्मचारी खर्च समान रहेको छ । यी दुबै बैंकको कर्मचारी खर्च १ अर्ब २१ करोड रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब १ करोड ५३ लाख, स्ट्याण्डर्ड चार्टड बैंकको ३७ करोड १२ लाख, हिमालयन बैंकको ९५ करोड ८९ लाख, नेपाल एसबिआइ बैंकको ४८ करोड २९ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६३ करोड ३० लाख रुपैयाँ र एनआइशी एशियाको १ अर्ब १६ करोड ३४ लाख रुपैयाँ कर्मचारी खर्च रहेको छ । यस्तै माछापुछ्रे बैंकको ७६ करोड १९ लाख, लक्ष्मी सनराइजको १ अर्ब २६ करोड १७ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ९० करोड ३९ करोड, कृषि विकास बैंक १ अर्ब १९ करोड २० लाख, सिटिजन्स बैंक ९४ करोड ९६ लाख, प्राइम कमर्सियल बैंक ५८ करोड ४५ लाख, एनएमबी बैंक ७४ करोड ७५ लाख रुपैयाँ र सानिमा बैंकको ५३ करोड ८४ लाख रुपैयाँ कर्मचारी खर्च भएको छ ।
कर्मचारीको बोनसका लागि करिब साढे ३ अर्ब
बाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ छुट्याएका छन् । सबैभन्दा बढी बोनस दिनेमा नबिल बैंक अगाडी रहेको छ । यस बैंकले बोनसका लागि ४२ करोड ७१ लख रुपैयाँ छुट्याएको छ । दोस्रो बढी बोनस दिनेमा ग्लोबल आइएमइ बैंक रहेको छ । यसले ३३ करोड ४१ लख रुपैयाँ छुट्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २८ करोड ९२ लाख, नेपाल बैंकले ५ करोड ८५ लाख, राष्ट्रिय वाणिज्य बैंक्ले चार करोड १५ लाख रुपैयाँ र स्ट्याण्र्डड चार्टड बैंकले १८ करोड रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ । यस्तै हिमालयन बैंकले १४ करोड ५९ लाख, नेपाल एसबिआइ बैंकले १६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकले २३ करोड ९१ लख रुपैयाँ, एनआइशी एशिया ६ करोड १० लाख र माछापुछ्रे बैंकले १० करोड ९४ लाख रुपैयाँ कर्मचारीलाई बोनस दिन छुट्याएको छ ।
यता कुमारी बैंकले २६ करोड १२ लाख, लक्ष्मी सनराइजले १४ करोड ४५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १० करोड ६३ लाख बोनसको लागि छुट्याउँदा कृषि विकास बैंकले कर्मचारी बोनसका लागि कुनै रकम छुट्याएको छैन । सिटिजन्सले ६ करोड ९६ लाख, प्राइम बैंकले २५ करोड ७० लाख, एनएमबी बैंकले २३ करोड ५५ लाख, प्रभु बैंक १८ करोड ५६ लाख र सानिमा बैंकले १० करोड २४ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !