काठमाडौ । आज (मंसिर १९ गते ) देखि गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बिक्रि खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्रि खुला गरेको हो । २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसको १० प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्रि गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !