काठमाडौँ। मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.८० विन्दुले बढेर २७७५.८५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.६४ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य ७ उपसमूहका परिसूचक बढेका छन् भने ८ उपसमूहको परिसूचक घटेका छन् । मङ्गलबार पनि सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ५.९६ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह १.८५ प्रतिशत, जीवन बीमा उपसमूह १.५२ तथा फाइनान्स १.३९ प्रतिशतले बढेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक १.७१ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढे पनि मङ्गलबार कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १० अर्ब ५४ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८८ हजार ७ सय ७५ पटकको कारोबारमा ८ अर्ब ५२ करोड बराबरको किनबेच भएको छ । जसमा १४२ कम्पनीका शेयर बढेका छन् भने ९७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा दिव्यश्वरी हाइड्रोपावर, इङ्ग्वा हाइड्रोपावर, जोशी हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, सुपर माडी हाइड्रोपावर रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा अप्पर स्याङ्गे हाइड्रोपावर रह्यो जसको शेयरमा ९.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रह्यो जसको २६ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको ८ लाख ४८ शेयर कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !