काठमाडौ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थबाट संस्थापकहरु बाहिरिनेक्रम बढीरहेको छ । यसै क्रममा कुमारी बैंक र ग्लोबल आइएमइ लघुवित्तले आइतबार संस्थापकको नाममा रहेको सेयर बिक्रिमा ल्याएको छ । कुमारी बैंक लिमिटेडले २९ हजार ५४४ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको हो । उसले कम्पनीले हाल कायम शेयरधनीहरुका लागि मात्र यी शेयर निष्कासनमा ल्याएको हो । आगामी ३५ दिनभित्र सम्बन्धित शेयरधनीरहरुले कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्टार कुमारी क्यापिटलको कार्यालय,नक्साल,काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर निष्कासन गरिने जानकारी कम्पनीले दिएको छ ।
यता ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि ८ हजार ७११ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन पेश गर्न सक्ने गरि यी शेयर निष्कासनमा ल्याएको हो । आगामी ३५ दिनभित्र सम्बन्धित शेयरधनीरुले कम्पनीको केन्द्रिय कार्यालय पोखरामा आवेदन पेश गर्न सकिनेछ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर निष्कासन गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !