काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट आज १ खर्ब रुपैयाँ उठाउँनको लागि बोलकबोल आव्हान गरेको छ । आज मध्यान्ह २ बजेसम्म अनलाइनमार्फत बालेकबोल हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाइनेछ ।
यो निक्षेप पुष ३ गते परिपक्क हुनेछ । निक्षेप संकलन कोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । केन्द्रिय बंकले बैंकहरुका अधिक तरलता भएपछि निरन्तर विभिन्न उपकरणमार्फत उठाइरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !