काठमाडौँ। आज सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलको बुक क्लोज मिति १३ गतेदेखि पुस ४ गतेसम्म रहेको छ । जस अनुसार आजसम्म कारोबार गर्ने शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सोल्टी होटलले आफ्नो चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६. ८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते बिहान ११ बजे काठमाडौँको नेपाल प्रज्ञा भवन, कमलादीमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !