काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश वित्तरण नगर्ने भएको छ । कम्पनीको मंसिर १० गते बसेकोे सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । २०७७ साल माघ ९ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले लगानीकर्ताको हात खाली बनाउँदै आएको छ । हालसम्म पनि कम्पनीले लाभांश वितरण गर्न सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनी २ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि १५औं वार्षिक साधारण सभा पुस ३ गते गर्ने भएको हो । सभा चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट परिसरमा विहान ११ बजे हुनेछ । सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
चन्द्रागिरिको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर दोस्रो बजारमा छ । दोस्रो बजारमा यसको सेयर मूल्य ९ सय रुपैयाँभन्दा बढी रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ०६ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !