काठमाडौं। एक कार्यक्रम माझ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन् ।
सुनधारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ यसै साता सुरु हुने एनपिएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए । “सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।’’, हरेक क्लब र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्द गुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’ उनले एनपिएलले पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । उनले युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनपिएल प्रभावकारी हुने आशा व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !