काठमाडौ । लामो प्रयासपछि अन्तत नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अन्तर्वार्ता सकिएको छ । बोर्ड अध्यक्ष विहिन भएको करिब १ बर्ष हुनैलाग्दा बल्ल बल्ल आज (मंसिर ९) अन्र्तवार्ता भएको हो । आजको अन्तवार्तामा नेपाल स्टक एक्सचेन्जका कृष्ण बहादुर कार्की र नेपाल धितोपत्र बोर्डका डा. नवराज अधिकारी सहभागी भएका थिए । यी दुबै उम्मेव्दारले आफ्नो अन्र्तवार्ता राम्रो भएको दाबी गरेका छन् । बाणिज्यपोष्टको जिज्ञासामा दुबैले आफुलाई अध्यक्ष बन्ने दाबी गरेका छन् ।
अध्यक्षका लागि यस अघि सत्यनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । यी दुइको नम्बर यसअघि नै प्याक भएर बसेको छ भने आज दिएका दुइ जनाको नम्बर पनि प्याक भएको छ । अब सिफारिस समितिले चार मध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सिफारिस नामबाट सरकारले एक जनालाई बोर्डको अध्यक्षको घोषणा गर्नेछ । आजको अन्र्तवार्तामा तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइ भने अनुपस्थित भएका छन् ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा निकै राजनीतिक रंग हाबी हुने गरेको छ । यही कारण एक बर्षसम्म अध्यक्ष चयनमा सत्ता साझेदार दलहरुकै सहमत हुन सकेको थिएन । विशेष गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि यति धेरै राजनीतिक दलहरु हाबी भएको बताइन्छ । नयाँ स्टक एक्सचेन्जका लागि विभिन्न व्यापारिक घरानाहरु दौडमा रहेको र ती घरानाले राजनीतिक नेतृत्वलाई दबाव दिइरहेको केहीले बताएका छन् । यसकारण पनि सरकार आफु अनुकुलको अध्यक्ष चयनको प्रक्रियामा रहेको देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !