सन् २०२४ नोभेम्बर २४ मा फोर्ब्सले विश्वका धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ जसमा टेस्लाका प्रमुख कार्यकारी एलोन मस्क पहिलो नम्बरमा छन् । अमेरिकाकै टेक कम्पनीका मालिक ल्यारी एलिसन दोस्रो स्थानमा र जेफ बेजोस तेस्रो स्थानमा छन् । यो सूचीमा रहेका विश्वको दश धनाड्यमा अमेरिकाका आठ अर्बपतिहरू परेका छन् भने फ्रान्स र स्पेनका एक/एक धनाड्य परेका छन् । यी धनाड्यहरुको कुल सम्पत्ति बिश्वका धेरै देशहरुको जीडीपीभन्दा बढी छ। यस सूचिका अधिकांश अर्बपतिहरु टेक्नोलोजी कम्पनीका मालिक हुन् ।
सन् २०२४ (नोभेम्बेर २४) का शीर्ष १० धनाड्यहरु :
१ . एलन मस्क :
५३ बर्षीय एलोन मस्क विश्वकै धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ३३४.३ अर्ब अमेरिकी डलर छ । उनी इलेक्ट्रिक कार निर्माता टेस्ला र स्पेस एक्सप्लोरेसन कम्पनी स्पेसएक्स लगायत धेरै ठूला कम्पनीका सीईओ हुन् । हाल उनको टेस्लामा १३ प्रतिशत, स्पेसएक्समा ४२ प्रतिशत र एक्स कर्पमा ७९ प्रतिशत सेयर छ । उनको सम्पत्तिको एक महत्वपूर्ण हिस्सा, लगभग दुई तिहाई, टेस्लाको सफलतासँग जोडिएको छ । सन् २०२२ को अक्टोबरमा उनले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका थिए।
२. ल्यारी एलिसन:
८० बर्षिय एलिसन कम्प्युटर डाटाबेस कम्पनी ओर्याकल (Oracle) को संस्थापक र सबैभन्दा ठूलो शेयरधनी हुन् । उनको कूल सम्पत्ति २३५ .३ अर्ब अमेरिकी डलर छ । अमेरिकाको अस्टिन, टेक्सासमा अवस्थित कम्पनीमा उनको ४० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको छ । यस बाहेक उनको टेस्ला कम्पनी, घर जग्गा, खेलकुद, आदि क्षेत्रमा पनि लगानी रहेको छ ।
३. जेफ बेजोस:
बेजोस विश्वको सबैभन्दा ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनका संस्थापक हुन् । ६० बर्षिय बेजोसको कुल सम्पति २१९ अर्ब डलर रहेको छ। अमेरिकाको सिएटलमा अवस्थित कम्पनीले आफ्नो वेबसाइट मार्फत इलेक्ट्रोनिक्स, घरेलु सामान र अन्य उत्पादनहरू बेच्दछ । यसले सम्पूर्ण किराना सामग्रीदेखि क्लाउड कम्प्युटिङ र स्ट्रिमिङ सेवाहरू पनि प्रदान गर्दछ। सन् २०२३ मा अमेजनको कुल आय ५७४.८ अर्ब अमेरिकी डलर थियो ।
४. मार्क जुकरबर्ग:
४० बर्षिय जुकरबर्ग विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मका सह-संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । अमेरिकाको क्यालिफोर्नियामा अवस्थित् मेटाले सन् २०२३ मा १३४.९ अर्ब डलरको आम्दानी गरेको थियो। उक्त कम्पनीको करिब ४ अर्ब प्रयोगकर्ताहरू रहेका छन् । उनको कूल सम्पत्ति १९३.५ अर्ब अमेरिकी डलर रहेको छ।
५. बर्नार्ड आर्नल्ट र परिवार :
फ्रान्सका ७५ बर्षिय बर्नार्ड आर्नल्ट विश्वको पाँचौ धनी व्यक्ति हुन् । उनी लगभग ७० प्रसिद्ध फेसन र कस्मेटिक्स ब्रान्डहरू समावेश विश्वको सबैभन्दा ठूलो विलासी सामान कम्पनी मोएट हेनेसी लुई भुतों (LVMH) का सीईओ र अध्यक्ष हुन् । सन् २०२१ मा, लुई भुतोंले १५.८ बिलियन डलरमा जौहरी टिफनी एण्ड कम्पनीको अधिग्रहण गरेको थियो । आर्नल्टका पाँच सन्तानले विशाल लुई भुतों कम्पनीका विभिन्न क्षेत्रहरू सम्हालेका छन । जनवरी २०२३ मा, उनले आफ्नी छोरी डेल्फिनलाई समूहको दोस्रो ठूलो ब्रान्ड डाइरको नेतृत्व गर्न नियुक्त गरे। अर्नाल्ट र उनको परिवारको कुल सम्पत्ति १५५.५ अर्ब अमेरिकी डलर छ।
६. वारेन बफेट
९४ बर्षिय वारेन बफेटसँग कुल सम्पत्ति १५० अर्ब अमेरिकी डलर छ। उनलाई इतिहासका सबैभन्दा सफल लगानीकर्ताहरूमध्ये एक भनेर चिनिन्छ । उनी अमेरिकाको लगानी कम्पनी बर्कशायर ह्याथवेको प्रमुख कार्यकारी हुन् । बर्कशायर ह्याथवे विविध पोर्टफोलियो भएको लगानी समूह हो जसमा बीमा प्रदायक गेइको, ब्याट्री निर्माता ड्युरासेल र रेष्टुरेन्ट चेन डेयरी क्वीन जस्ता कम्पनीहरू समावेश छन् । बफेटले बिल गेट्स र मेलिन्डा फ्रेन्चसँग मिलेर गेट्सले गिभिङ प्लेजको स्थापना गरे, जसले अरबपतिहरूलाई आफ्नो सम्पत्तिको केहि प्रतिशत परोपकारी संस्थाहरूलाई दान गर्न पहल गर्दछ। आफ्नो अटल परोपकारी प्रतिबद्धता प्रदर्शन गर्दै, बफेटले आफ्नो केहि प्रतिशत सम्पत्ति परोपकारमा दान गर्ने आफ्नो मनसाय घोषणा गरेका छन्।
७. ल्यारी पेज
५१ बर्षिय ल्यारी पेज संसारको सबैभन्दा ठूलो ‘सर्च इन्जिन अपरेटर’ गुगलको होल्डिङ कम्पनी अल्फाबेटको सह-संस्थापक हुन् । अमेरिकाको क्यालिफोर्नियामा अवस्थित कम्पनी सन् १९९८ मा स्थापित भएको थियो र २०२३ मा ३०७.४ अर्ब अमेरिकी डलरको आम्दानी गरेको थियो । उक्त कम्पनीमा जिमेल, एन्ड्रोइड र भिडियो साझेदारी सेवा युट्युब समावेश छ। यसका साथै पेजले अन्तरिक्ष अन्वेषणमा केन्द्रित कम्पनी, प्लानेटरी रिसोर्समा संस्थापक लगानीकर्ताको रूपमा रहेका छन् । उनको कुल सम्पत्ति १३७.२ अर्ब अमेरिकी डलर छ । उनी अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा हुन् ।
८. सर्गेइ ब्रिन
ब्रिन संसारको सबैभन्दा ठूलो ‘सर्च इन्जिन अपरेटर’ गुगलको होल्डिङ कम्पनी अल्फाबेटको सह-संस्थापक हुन् । ५१ बर्षिय सर्गेइको कुल सम्पत्ति १३१.४ अर्ब अमेरिकी डलर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अवस्थित कम्पनी सन् १९९८ मा स्थापित भएको थियो र २०२३ मा ३०७.४ अर्ब अमेरिकी डलरको आम्दानी गरेको थियो । उक्त कम्पनीमा जिमेल, एन्ड्रोइड र भिडियो साझेदारी सेवा युट्युब समावेश छ ।
९ . जेन्सेन ह्वाङ
जेन्सेन ह्वाङले सन् १९९३ मा ग्राफिक्स चिप निर्माता कम्पनी एनभिडियाको सह-स्थापना गरे र त्यसबेलादेखि नै यसको सीईओ र अध्यक्षको रूपमा सेवा गर्दै आएका छन् । ह्वाङसँग एनभिडियाको लगभग तीन प्रतिशत स्वामित्व छ। ताइवानमा जन्मेका ह्वाङ अमेरिकी नागरिक हुन् । एनभिडियाको जिपियुहरू पहिले कम्प्युटर गेमिङमा र अहिले एआइमा प्रयोग हुँदै आएको छ। उक्त कम्पनीको सन् २०२४ मा मार्केट क्याप ४३ ट्रिलियन अमेरिकी डलर नाघेको छ। ६१ बर्षिय ह्वाङको कुल सम्पत्ति १२३.८ अर्ब अमेरिकी डलर रहेको छ।
१० . अमान्सियो ओर्टेगा:
स्पेनका अमान्सियो ओर्टेगा विश्वको सबैभन्दा धनी कपडा खुद्रा विक्रेताहरू मध्ये एक हुन् । द्रुत फेसनका प्रवर्तक, उनले सन् १९७५ मा आफ्नी पूर्व पत्नी रोजालियासँग जारा फेसन चेनको स्थापना गरेका थिए । ८८ बर्षिय ओर्टेगाको कुल सम्पत्ति १२३.५ अर्ब अमेरिकी डलर छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !