काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन प्रस्ताव पारित गराउँन साधारणसभा बोलाएको छ । सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओको प्रस्ताव पारित गराउँन कम्पनीले पुस ३ गते १३ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा सानेपा, ललितपुरमा दिउँसो १ बजे सुरु हुनेछ । आईपीओ निष्कासनबाट प्राप्त पूँजी उपयोग गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
आईपीओपछि कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा छलफल हुनेछ । उल्लेखित सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !