काठमाडौ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले अचाक्ली महंगोदरमा यात्रुबाट भाडा असुलेको गुनासो बढेपछि संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनीहरुसँग मागेको भाडादरको विषयमा मन्त्रालयमा अध्ययन शुरु भएको छ । भाडादरको विषयमा अध्ययन गर्न सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलले बिहिबारबाटै अध्ययन थालेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।
लामिछानेका अनुसार १४ वटा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीहरुले भाडादर बुझाएका छन् । ती भाडादर यात्रु मैत्री छ वा छैन भन्ने विषयमा अध्ययन भइरहेको छ । बढी भाडा लिएको पाइएमा कारबाही गर्ने तयारी समेत भएको प्रवक्ता लामिछानेले बताए । कार्यदलले चारदिनभित्र अध्ययनको निष्कर्ष सरकारलाई दिनेछ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए। हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीच हवाई भाडा नियन्त्रणका लागि छलफल भएको थियो । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !