काठमाडौँ। बिहीबार सुनको मूल्य पुनः बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो ।
आज चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !