काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै रेमिट्यान्स भित्रिने क्रम समेत बढेको हो ।
चालु आवको असोज मसान्तसम्म नेपालमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको तथ्यांकले देखेको छ। उक्त तथ्यांक अनुसार यस आवको पहिले तीन महिनाको रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ११ प्रतिशतले बढी भएको देखाउँछ ।
अमेरिकी डलरमा गणना गर्दा यो रेमिट्यान्स ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !