काठमाडौँ। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओको बाँटफाँड आज सम्पन्न भएको छ । कम्पनीले कार्तिक १२ गतेबाट कार्तिक २० गतेसम्मका लागि आवेदन खुला गरेको थियो। बाँटफाँड कार्यक्रम नक्साल काठमाडौंस्थित निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको एफपीओ बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १३ लाख ४७ हजार ५ सय १३ जना योग्य आवेदकले आवेदन दिएकोमा ३५ हजार ९० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्।
आवेदकले एफपीओको रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !