काठमाडौ । शुक्रबार सुनको भाउ बढेको छ । विगत ५ दिनदेखि घटेको सुनको भाउ आज बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, बिहीबार छापावाल सुनको मूल्य एक तोलाको १ लाख ६० हजार रुपैयाँ थियो । यता चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६८.८७ र चाँदी प्रतिऔंस ३०.५१ डलरमा कारोबार भइरहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !