काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि (भोली) ४० मेगावाट बिजुली बंगलादेशलाइ बेच्ने भएको छ । प्राधिकरणका प्रवक्ता चन्दन घोषले नेपालले बंगलादेश सँगको यस अघिको सम्झौता बमोजिम बंगलादेशमा बिजुली पठाउँन लागेको बताए । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच यस अघि नै त्रिपक्षीय सम्झौता भइसकेको छ । अब नेपालले भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेश विजुली पठाउँनेछ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बेच्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् । हाल नेपालको बिजुलीको कुल जडित क्षमता २४३० मेगावाट छ। उच्चतम माग सरदर १६२८ मेगावाट छ। हिउँदमा बिजुली अपुग भएपनि वर्षा याममा भने बिजुली खेर जाने समस्या रहेको बिद्युत उत्पादकहरु बताउँछन् ।
बीपीडीबीले १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत् दरसहितको बोलपत्र सम्बन्धी कागजात पेश गरेको थियो । त्यतिबेला विडिपिले बोलपत्र स्विकार गरेको सुचना प्राधिकरणलाई दिएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !