काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बाँकी बक्यौता महशुल नदिने उद्योग विरुद्ध प्राधिकरण आफ्नै तरिकारले लाग्ने जानकारी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले घुमाउँरो पारामा समाधानको अन्तिम चरणमा आएको विषय नेपाल सरकारले फेरी गिजोलेको आशयको अभिव्यक्ति दिएका छन् । उनले भने, ‘समाधानको अन्तिम चरणमा आएको विषय नेपाल सरकारले फेरी निर्देशन दिएको छ ।’
उद्योगहरुलाई सम्बन्धित विक्रि केन्द्रबाट पटक– पटक ताकेता र सार्वजनिक सुचना मार्फत ताकेता गर्दा पनि महशुल तिर्न उद्योगीहरुले आनाकानी गरेको आरोप घिसिङले लगाए ।
उनले भने, ‘कतिपय उद्योगीले महशुल नदिने भनेपछि बक्यौता रहेका उद्योगको लाइन विभिन्न समयमा काटिएको थियो । यस अघि तिन पटकसम्म काट्यौ फेरी जोड्यौ । यो चौथो पटक हो । अहिलेपनि सरकारले जोड्न निर्देशन दिएकाले जोड्ने प्रक्रियामा छौ ।’
पछिल्लो पटक प्राधिकरणले कात्तिक ८ गते २८ वटा उद्योगको विजुलीको लाइन काटेको थियो । यसअघि विजुलीको लाइन काटिदा २८ किस्ता सुविधा दिएर एक किस्ता मात्र महशुल तिरेकाको लाइन प्राधिकरणले जोडेको थियो । त्यतिबेला १४ वटा उद्योगको लाइन जोडिएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !