भैरहवा । सहकारी ठगीको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ ।
पहिलो दिन प्रारम्भिक वयान भएको र दोस्रो दिन वयानलाई निरन्तरता दिनका लागि आज विहान १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई प्रहरीले प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षाका साथ वयानको लागि लगिएको छ । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै वयान कक्ष सम्म पु¥याइएको छ ।
मंगलबार वयान पछि जिल्ला प्रहरी कार्यालयमा उनलाई राखिएको थियो । आज जिल्ला प्रहरी कार्यालयबाटै प्रहरीको कडा सुरक्षामा लामिछानेलाई सरकारी वकिलको परिसरमा पुर्याइएको थियो । प्रहरीको गाडी भित्र रहेका लामिछानेलाई परिसर भित्रै गाडी राखी भित्री बाटोबाट वयान कक्ष सम्म लगिएको थियो । लामिछाने नदेखिउन भन्नका लागि वयान कक्ष सम्मको बाटोलाई प्रहरीको जंजिर बनाई घेरिएको थियो ।
मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथीबाटै आदेश छ भन्दै रुपन्देही प्रहरी आज घेरा हाली लग्नु परेको प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !