काठमाडौ । मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा तीनवटा अन्र्तराष्ट्रिय जहाज आमने सामने भएका छन् । कतार एयरवेज, जजिरा एयरवेज र फ्लाइ दुबको जहाज एकैपटक विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीले तीनवटा जहाज एकैपटक भेट हुनुलाई ऐतिहासिक क्षण भनेका छन् ।
मंगलबार कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ । यस अघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइएयर एशियाले उडान थालिसकेका छन्। गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने वित्तिकै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगन गरेको थियो । भैरहवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !