काठमाडौ । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक जारी छ । बैठकले काटिएको विजुलीको लाइन जोड्ने निर्णय गर्ने बोर्ड स्रोतले बताएको छ । यदि प्राधिकरण बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरे भने आज नै लाइन जोडिने प्राधिकरणले बताएको छ । यता प्राधिकरणका प्रवक्ता चन्द कुमार घोषले लाइन जोड्न धेरै समय नलाग्ने भएकोले यदि बैठकले निर्णय गरे भने आजै लाइन जोडिने बताएका छन् ।
बिजुलीको लाइन काटिएका उद्योगीको सोमबार दिउसो १२ बजेभित्र लाइन जोड्न सरकारले निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले ‘टाइम अफ डे’ (टीओडी) डाटा तथा तत्काल प्रचलित कानुन बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुली गर्ने निर्णय पनि गरेको थियो । तर सोमबार प्राधिकरणमा उर्जा मन्त्रालयको पत्र नै समयमै नपुगेपछि लाइन जोड्ने विषयमा प्राधिकरणभित्र छलफल हुन सकेको थिएन बक्यौता नतिरेकोभन्दै प्राधिकरणले तिहारअघि ३४ वटा उद्योगको लाइन काटेको थियो । १२ उद्योगले यसबीचमा बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौताको पहिलो किस्ता तिरेका उद्योगमा भने लाइन जोडिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !