काठमाडौ । एनएलजी इन्सुरेन्सको हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । एनएलजीले भोली (मैगलबार कात्तिक २७) बुक क्लोज गर्दैछ । यसकारण ६२.५६ प्रतिशत हकप्रद सेयरमा आज सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
एनएलजीले मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !