काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत पेस गरिएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद दिएको थियो । सो म्याद शुक्रबार सकएको हो । शनिवार विदा परेकाले आइतबार (आज) उनलाई अदालत उपस्थित गराइएको हो ।
लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपिएको थियो । प्रहरीले आज पनि म्याद थपको माग गर्ने तयारी गरेको छ।लामिछाने जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका छन् ।रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !