काठमाडौ । सेयर बजार बुधबार पनि घटेको छ । यद्यपि कारोबार रकम भने मंगलबारको भन्दा बढेको छ । यस दिन नेप्से सूचक १.८८ विन्दुले घटेर २६७५.५१ अंकमा आएर अडिएको छ । ५ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन ३२० कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसको ३५ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !