काठमाडौ । भ्रष्टाचार मुद्दामा निलम्बित भएका तत्कालिन मुख्यसचिव वैकुण्ठ अर्यालले अन्तत सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार अर्याललाई सफाइ दिएको हो । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोप लागेका अर्यालले सफाइ पाएपनि उनीसँगै मुद्दा खेपेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र केन्द्रकै निर्देशक सफल श्रेष्ठ भने दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले गरेको फैसलाले अर्याललाई सफाइ दिएकाृ हो ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते तत्कालिन मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध ३८ करोड ६७ लाख १७ हजार बिगोदाबी सहित मुद्दा दायर गरेको थियो । आर्याल सञ्चार सचिव भएको बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो ।अर्यालसँगै तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्यले पनि सफाइ पाएका छन् । उनी पछिल्लो समय अर्थमन्त्रालयमा थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !